लालबन्दी, पुस -९ , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्व गृहमन्त्री सांसद रवि लामिछाने सर्लाही आउनुहुने भएको छ ।

सो पार्टीको लालबन्दी नगर कमिटीले यहाँस्थित तरकारी बजारमा यही पुस १४  गते शनिवार आयोजना गर्न लागेको वृहद खुल्ला आमसभालाई सम्बोधन गर्न लामिछाने सर्लाही आउन लाग्नु भएको हो ।


सो पार्टीको लालबन्दी नगर कमिटीले दिएको जानकारी अनुसार आमसभालाई सभापति लामिछानेसहित सांसदहरु सोभिता गौतम, शिशिर खनाल, मनिष झा, डा.चन्दा कार्कीले सम्बोधन गर्नु हुनेछ ।
त्यसैगरी आमसभामा अन्य केन्द्रीय नेताहरुसहित प्रदेश, जिल्ला तथा स्थानीय नेताहरुको समेत सहभागिता रहने छ ।


सो पार्टीका लालबन्दी नगर अध्यक्ष बालकृष्ण कार्कीले पुस १४ गते विहान ११ बजेका लागि तय भएको कार्यक्रमको लागि तयारी तिब्र पारिएको चियाेचर्चाे खबरसंग  बताउनुभयो ।
उहाँले सभामा गाउँगाउँबाट ठुलो संख्यामा नेता कार्यकर्ता भेला हुने बताउनुभयो । उहाँले सोही क्रममा पार्टी प्रवेशको कार्यक्रम समेत राखिने बताउनुभयो ।
नगरसभापति कार्कीले पार्टी सभापति लामिछानेसहित केन्द्रीय सांसाद तथा नेताहरुको स्वागतको तयारीमा लाग्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।