सर्लाही,असाेज-१७,नेपाल कम्युनिस्टपार्टी (एकीकृत) समाजवादीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रकाे बिकाशले मात्र देशको अर्थतन्त्र बलियो हुने र यसले वैदेशिक रोजगारीलाई प्रतिस्थापन गर्ने बताएका छन् । उनले जन्ताको सम्पूर्ण समस्या समाधान आफ्नोले पार्टीले गर्ने बताएका छन् ।


जन्तामा जागरण ल्यायन आफुहरूले अभियान सुरु गरेको उनले बताए ।सुशासन,रोजगारी लगायतका नारा लिएर समाजवादी पार्टीले जागरण अभियान सुरु गरेको उनकाे भनाइ थियो। जिल्लाको लालबन्दीमा समाजवादी पार्टीको मेची महाकाली समाजवादी जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन ।
उनले जिल्लाकाे मलंगवा लगायत देशको विभिन्न ठाउँमा भएको घटना प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले सबैलाई समाजिक सद्भाव कायम गर्न आग्रह गरे।समाजमा भेदभाव हुदा सम्म समाजको बिकाश नहुने उनको तर्क थियोे।


पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीले समाजवादलाई अंगालेको बताए ।
उनलेे देशमा रोजगारी सृजना गर्न उधोग कलकारखाना स्थापना गर्नु आजको आवश्यकता रहेको औेल्याए । देशमा भ्रष्टाचार मौलाए रहेको बेला दलहरू सत्तामुखी बनेको उनको आरोप थियो ।
कार्यक्रममा नेताहरू घनश्याम भुसाल,राजेन्द्र पाण्डेलगायतका नेताहरूले सम्बाेधन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत ) समाजवादीका सर्लाही अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता रहेको कार्यक्रमकाे सञ्चालन मधेस प्रदेश सभासदस्य एवम् महिला नेतृ बेची लुंगे गरेकी थिइन् भने उद्धव पाठकले स्वागत मन्तव्य राखेका थिए ।