सर्लाही,असार -१८,संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत सोमवार सर्लाही आउने भएका छन् ।


मन्त्री यादवका प्रेस सल्लाहकार सत्य प्रकाश यादवका अनुसार , पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत कौडेना गाउँपालिका- २, फुलपरासीमा निर्माण भएको १५ शैयाको अस्पतालको उद्घाटन गर्न सर्लाही आउने भएका हुन् ।


१ करोड ७९ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त अस्पतालको मंगलवार संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्ने छन् ।


उद्घाटन कार्यक्रमको समय मंगलवार बिहान १० बजे तय गरिए पनि मौसमका कारण केहि ढिला हुनसक्ने कौडेना गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी दिए ।