सर्लाही,असार—२,जानकीनगर साझेदारी वन व्यवस्थापन समुहको नयाँ नेतृत्व चयन गर्न सव डिभिजन वन कार्यालय मुर्तियामा निर्वाचन सुरु भएको छ । शनिवार बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया साझ ५ बजेसम्म चल्ने बताइएको छ ।

५२५ मतदातामध्ये अहिलेसम्म १८० भन्दा बढी मत खसेको निर्वाचन अधिकृत मनोज कुमारले जानकारी दिए ।
जेठ १९ गते बरहथवामा भएको अधिवेशनले नयाँ पदाधिकारी छनौट गर्न नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी छनौट गर्न लागिएको साझेदारी वन व्यवस्थापन समुहका केन्द्रीय सदस्य रजनीकान्त झाले जानकारी दिइ ।

अध्यक्ष पदमा समुहका पुर्व अध्यक्ष रामविश्वास राय, रामबाबु राय र ईन्दल दासले उम्मेदवारी दर्ता गराइका छन् । त्यसै उपाध्यक्षमा सन्तबहादुर घिसिङ र कृष्णमाया घिसिङको उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्वको पदाअवधी पाँच वर्ष हुने बताएको छ । जानकीनगर साझेदारी वन व्यवस्थापन समुह अन्तर्गत जिल्लाका ७५ वटा वडा का उपभोक्ता समाबेश गरिएको छ ।









