सर्लाही,जेठ-३२,भारतसंग सिमा जाेडिएका जिल्लाहरूमा दिनप्रतिदिन लागुऔेषध दुर्व्यसनीकाे संख्या बढ्न थाले पछि जिल्लाको पर्सा गाउँपालिकाले लागुऔेषध दुर्व्यसन मुक्त पालिका निर्माण गर्न विभिन्न कार्यक्रम तथा नीतिनियम निर्माण गर्न शुरु गरेको छ ।


पर्सा गाउँपालिकाले बिहिवार (आज)एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरि ११ दिने अभियान शुरु गरेको गाउँपालिका प्रमुख धिरेन्द्र कुमार रायले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा जनप्रतिनिधी,विभिन्न विद्यालयक प्रधानाध्यापक प्रहरी चौकि प्रमुख,स्वास्थ्यकर्मीे र पत्रकारहरूलाई लागुऔेषध दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको हाे ।
लागुऔेषध दुर्व्यसन अन्त्य गर्न पर्सा गाउपालिकाले प्रत्येक वडमा ५ सदस्य कमिटी निर्माण गरेको छ । जसले असार ३ गते देखी आ -आफ्नो वडमा रहेका नागरिक संग भेटघाट गरी लागुऔेषध दुर्व्यसनमा फसेको युवा बालबालिक तथा त्यस्ता समुहको तथ्यांक संकलन गरि गाउँपालिकामा प्रतिवेदन बुझाइने र त्यस्ता समुहका व्यक्तिलाई पालिकाकै सहयोगमा मनाेपरामर्दाताहरुसंग परशिक्षण गराएर कुलतबाट छुटाउने प्रयास गरिने गाउपालिका प्रमुख रायले बताए ।
कार्यक्रम बजेट सिद्याउनको लागि नभई समाजलाई स्वस्थ्य बनाउनको लागी संचालनमा ल्याइएको र आफ्नो ५ बर्षे कार्यकालमा यसलाई निरन्तरता प्रदान गरिने प्रमुख रायले बताए ।


लागुऔेषध दुर्व्यसन तथा ट्राफिक नियम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा पर्सा गाउपालिकाको ६ वटै वडाको वडाध्यक्षहरु,गाउपालिका सदस्यहरु, कार्यपालिका सदस्यहरु,पालिका भित्र रहेको ८ वटा विद्यालयको प्रधानाध्यापक,स्वस्थ्यकर्मी,स्वास्थ्यचौकी प्रमुखहरु,प्रहरी चौकी इन्चार्ज सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीलाई संग्रामपुर सशस्त्र प्रहरी प्रमुख तथा पर्सा प्रहरी चौकि इन्चार्जले लागुऔेषध दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । गाउँपालिका प्रमुख धिरेन्द्र कुमार रायकाे अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको विशिष्ट आतिथीको गाउँपालिका उप प्रमुख नुतन मडंल,प्रमुख प्रशासकीय अधिकृत लगाएको उपस्थिति रहेको थियो ।