सर्लाही,जेठ-३१,जिल्लाको हरिवनमा एक आगलागी पीडित परिवारलाई लायन्स क्लव काठमाण्डौ-सर्लाहीले सहयोग गरेको छ।हरिवन वार्ड नम्वर ६ घुर्कौली स्थित रंजिता कुमारी महतोलाई नगद २० हजार २ सय ५० आर्थिक सहयोग गरेको  हो ।


पूर्व रक्षा मन्त्री एवम् सर्लाही क्षेत्र नम्बर- ३ का प्रतिनिधि सभा सदस्य हरि उप्रेतीको उपस्थितिमा आर्थिक सहयोग  गरिएको लायन्स क्लवका अध्यक्ष चूडामाणि वाग्लेले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य हरि उप्रेती र लायन्सका सदस्यहरुको योगदानवाट पीडित परिवारलाई सहयोग गरिएको हो । प्रतिनिधि सभा सदस्य उप्रेतीले लायन्स क्लवका सदस्यले सहयोगी हात अगाडी वढाएकोमा धन्यवाद दिएका अध्यक्ष वाग्लेले बताए ।

गत जेठ २७ गते विद्युत सर्ट भएर महतोको घर, घर भित्रका सामान र चौपायामासमेत क्षति  भएको थियो ।
४ जनाको परिवार मध्ये महतोका श्रीमान अरुण कुमार वैदेशिक रोजगारीमा छन्, भने दुई जना स-साना छोराछोरी रहेका छन् । उनको परिवार अहिले आफन्तकोमा आश्रित छ ।
हरिवन क्षेत्रमा क्रियासिल लायन्स क्लव काठमाडौ सर्लाहीले यस अघि पनि विभिन्न सामाजिक कार्यमा योगदान गरिरहेको छ । अध्यक्ष वाग्लेले लायन्स क्लवले कहिवाट अनुदान प्राप्त नगर्ने भएकाले सदस्यहरुवाट संकलन गरेको रुपैयाले नै सहयोग गर्ने गरिएको जानकारी दिए ।