सर्लाही,जेठ–२८,जिल्ला सदरमुकाम मलंगवामा आइतवार (आज) नेपाली कांग्रेसकी नेतृ तथा पूर्व राज्यमन्त्री मीना पाण्डेको १३औ पुण्यतिथिकाे अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सर्लाहीको कर्मैया र काठमाडौं गौशालामा घर भएकी स्वर्गीय पाण्डे काठमाडौं स्थितमा बस्दै आएकी थिइन् । उनको जेठ १६ गते ७२ वर्षको उमेरमा निधन भएको थियो । कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले मलंगवास्थित पार्टी कार्यालयमा बिहान श्रद्धाञ्जली सभा गरेको हो ।

श्रद्धाञ्जली सभाका वक्ताहरू सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह,पूर्व मन्त्री एवम् सभापति नगेन्द्र राय,पूर्व केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य जंगिलाल राय,संविधान सभा सदस्य एवम् पूर्व मन्त्री शम्भु लाल श्रेष्ठ तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति काैसलकिशोर सिंह लगायतका वक्ताहरूले स्वर्गीय नेतृ पाण्डे जिल्ला र पार्टी पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए।

पार्टी सभापति सुरेन्द्र प्रसाद सिंहले पाण्डेकाे निधन पछि पार्टीले एक असल अभिभावक,साहसिक महिला नेतृ गुमाएकोले आफुलाई दुःख लागेको बताए ।
सभापति सिंहले नेतृ पाण्डे पूव प्रधानमन्त्रीलाई पराजित गर्न सक्ने ,पार्टीकाे मात्र नभइ देशकै नेता रहेको बताए । जिल्ला र पार्टीकोकाे मात्र नभइ देशकै नेताको अवसान पछि पार्टीले गरेको श्रद्धाञ्जली सभामासमेत सहभागी नभएर जिल्लाका केही नेता हरूले गुटकाे राजनीति गरेको उनको तर्क थियो ।

गर्नमिनापाण्डे जिल्लाकाे मात्र नेतृ नभएको श्रद्धाञ्जली सभामा समेत प्रशासनलाई चुनाैती दिए। उनले जिल्लाकाे सिडियाे र एसपीले पार्टी भूमिका निर्वाह नरेकाे बताए । प्रशासनले आफुहरूकाे कुराकाे सुनुवाइ नगरे आन्दोलनकाे माध्यमबाट सुनुवाइ गराइने तर्क गरे । उनलेे हरिपुर्वा,चन्द्रनगर लगाएका स्थामा भइरहे अराजकता नियन्त्रण गर्न प्रशासन माैन रहेको प्रति आक्राेस प्रकट गरे ।
पूर्व सभापति एवम् पूर्व मन्त्री नागेन्द्रकुमार रायले, पार्टी बाहेक अन्य नहेर्ने आर्थिक प्रलोभनमा नपर्ने,पार्टी बिषयमा चिन्ता लिइरहने एक निष्ठावान नेता गुमाउन परेकोमा आफुलाइ दुःख लागेको बताए ।
पूर्व राज्य मन्त्री एवम् सविधानसभा सदस्य शम्भुलाल श्रेष्ठले महिला नेतृ पाण्डेकाे निधनले एक कुसल लिडर गुमाउनुपरेकोमा दुःख लागेको बताए ।उनलेे पार्टीलाई चलायमान बनाउन कार्यक्रम ल्याउन आग्रह गरे ।
पूर्व केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य जंगीलाल रायले स्वर्गीय नेतृ पाण्डे एकदमै सरल स्वभावकाे रहेको चर्चा गर्दै, पाण्डेले देश र सर्लाहीलाई ठुलो याेगदान पुर्याएकाे बताए । उनले आफ्नो निर्वाचन क्षेत्र हरिपूर्वामा पार्टी भित्रैका मानिसले दुःख दिएर अवरोध सृजना गरेकाले त्यस्ता व्यक्तिलाई स्पष्टीकरण साेध्ने लगायतका कार्य गर्न जिल्ला नेतृत्व संग आग्रह गरे ।

पाण्डे लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुदाहुदै पनि राजनीतिमा सक्रिय थिईन् ।उनी सर्लाहीबाट २ पटक प्रत्येक्ष र १ पटक समानुपातिक सांसद बनेकी थिइन् ।
जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभा सदस्य जंगीलाल राय, पूर्व जिल्ला सभापति एवम् मन्त्री नागेन्द्र कुमार राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, उपसभापति डाक्टर सराेज,सचिव मनाेज यादव विभिन्न पालिकाका प्रमुख र पार्टीका नेता कार्यकर्ता सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमकाे सञ्चालन नेपाली कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले गरेका थिए ।









