जनकपुर,जेठ-९, मधेश प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र वीरेन्द्र प्रसाद सिंह तथा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका हुन ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलवार(आज) पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सरकार विस्तार का क्रममा नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवले भौतिक पूर्वाधार विकास, उपसभापति एवम् संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी प्राप्त गरेका हुन्।
यश अघि भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीले प्राप्त गरेको थियो । उक्त मन्त्रालयमा जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री भएका थिए ।
गत पुसमा २९ गते विना विभागीय मन्त्री भएका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए ।आज मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गर्दा उक्त मन्त्रालय एकीकृत समाजवादीले प्राप्त गरेको हाे ।