सर्लाही,माघ-२३,जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको स्प्रे हाउसमा आगलागिभएको छ ।
सोमबार दिउँसो अन्दाजी पौने १२ बजेतिर भएको आगलागीबाट झण्डै ४५ लाख बराबरको क्षति भएको उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालले जानकारी दिए ।


हरिवनस्थित इन्दुशंकर चिनी उद्योग देशकै ठुलो चिनी उद्योगको मानिन्छन् ।
आगलागिबाट स्प्रे हाउसमा प्रयोग भएका तारसहित स्प्रे हाउसको हुट र विद्युतीय सामाग्रीहरु जलेर नष्ट भएको छ ।
त्यस्तै आगलागिबाट स्प्रे हाउसको छेउमै रहेको ट्याक्टरको केही भाग समेत जलेको छ ।


प्रमुख प्रशासकीय अधिकृत नेपालका अनुसार आगलागि भएको जानकारी पाउन साथ हरिवन नगरपालिकाबाट बारुण यन्त्र झिकाई आगो नियन्त्रणमा लिईएको हाे।
उद्योगबाट निस्किएका बकासमा समेत आगो फैलिन सुरु भईसकेकोले आगो नियन्त्रणमा ल्याउन भने झण्डै एक घण्टा समय लागेको थियो । आगो उद्योगमा कार्यरत मजदुर, नगर प्रहरी र प्रहरी मिलेर नियन्त्रणमा लिएका हुन ।