सर्लाही,पुस-७, सांसद रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै,बिहीवार (आज) सर्लाहीको लालबन्दीमा प्रदर्शन गरिएको छ ।
सरकारले ल्याउन लागेको अध्यादेश तुरुन्त प्रमाणित गरी चौधरीलाई जेलमुक्त गर्न माग गर्दै शान्तिपूर्ण विरोध र्याली
निकालिएको हो ।

थारु कल्याणकारिणी सभा थरुहट-थरुवान संयुक्त संघर्ष समिति जिल्ला कार्य समितिको आयोजनामा लालबन्दीस्थित जनवादी चौकबाट सुरु भएको र्याली डुमडुमे मन्दिर अगाडि आएर कोण सभामा परिणत भएको थियो ।
सभालाई थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष बलिराम चौधरी लगायतले सम्वोधन गरेका थिए ।

र्याली सहभागी सूर्यनारायण चौधरीका अनुसार र्याली सहभागीले लाल आयोगकाे प्रतिवेदन सार्वजनिक गर,क्षमा हैन न्याय देऊ मानवताको अधिकार हाम्रो पनि बराबर, जनताको लागि लडेको जेलमै सड्नु परेको लगायतको नारा लेखिएको प्लेकार्ड बोकेर हिँडेका थिए ।








