सर्लाही,मंसिर -९,सर्लाही क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित भईका छन् ।

उनी ८२९० मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहले ७२१४ मत प्राप्त गरेका छन् ।
रायले निकटतम प्रतिद्वन्द्वी भन्दा १०७६ बढी मत प्राप्त गरेका हुन। रायलाई सता गठबन्धनका आधिकारिक उम्मेदवारलाई नसघाएको भन्दै नेपाली कांग्रेसले साधारण सदस्यता नरहने गरी कार्वाही समेत गरेको थियो ।
चुनावी प्रतिस्पर्धा विजयी राय  नेकपा माओवादीकाे चुनाव चिन्ह लिएर प्रतिनिधि सभाका उम्मेदवार महिन्द्र राय यादव सँग मित्रबध प्रतिस्पर्धा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोको प्यानल बाट विजयी भएका हुन हुन्।