कृष्ण थपलिया
माघ ८ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा ंसंसद विघठन गर्ने निर्णय भएपश्चात्त यसको समर्थन तथा विरोधमा देशैभरी आन्दोलन भईरहेका छन ।

सोही क्रममा बिहिवार सर्लाहीको २० स्थानिय तहका २०० वटै वडामा विरोध प्रर्दशन तथा सभा गरिएको नेपाली कांग्रेस सर्लाही जनाएको छ ।
चियोचर्चो खबर संग कुरा गर्दै नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले विरोध सभा र प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताए । सभापति रायले विरोध प्रदर्शनमा सहभागीता जनाएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेकाछन् ।

संसद विघठनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।





उता नेपाल कम्यूनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले पनि शुक्रवार काठमाण्डौँमा हुने विरोध सभाको लागि सर्लाहीबाट ठुलो संख्यामा सहभागि लैजाने भएको छ । प्रचण्ड–नेपाल यस समूहका नेताहरु बिहिवार दिनभर जसो बढी भन्दा बढी कार्यकर्ता उर्तानका लागि खटिएका देखिन्थे । नेकपा सर्लाहीका जिल्ला सचिव कमल बुढाथोकीले सर्लाहीबाट दुई हजारको हाराहारीमा कार्यक्रममा सहभागि गराउन आफुहरु लागिपरेको बताए ।








