सर्लाही,फागुन -२४,सर्लाहीको हरिवनमा नेकपा एकीकृत समाजबादी निकट अखिल नेपाल महिला संघले १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस र नगर भेला सम्पन्न गरेको छ ।


भेलाले गीता घिसिङ अध्यक्ष रहेको १ सय ५१ सदस्यीय अखिल नेपाल महिला संघको हरिवन नगर कमिटी गठन गरेको छ ।
कमिटीमा उपाध्यक्ष त्रय यसोदा भट्टराई, फुर्ब शेर्पा एवम् मनु आले, सचिब गंगा मैनाली र कोषाध्यक्ष आशा महतो रहेका छन् ।


सुकेपोखरी स्थित महादेव मन्दिरमा भएको नगर महिला भेलालाई एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य लक्ष्मण पौडेल, केन्द्रिय सदस्य डिल्ली उप्रेती, जिल्ला उपाध्यक्ष अन्जु पौडेल, अखिल नेपाल महिला संघकि जिल्ला अध्यक्ष रमा पौडेल, नगर अध्यक्ष चूडामणि वाग्ले लगायतले सम्बोधन गरेका थिए ।
भेलाले हरिवन नगरपालिकाले राजनैतिक प्रतिसोध साधेर वार्ड नम्बर ३ कि सहयोगी कार्यकर्ता भिम कुमारी मोक्तानलाई सेवाबाट हटाएकोमा खेद प्रस्ताव पारित गरेको एकीकृत समाजबादीले जनाएको छ ।
भेलाका बक्ताहरुले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका थिए ।