हरिवन,पुस -१०,नेकपा एकिकृत समाजवादी सर्लाहीले आईतवार (आज) हरिवनमा वडा भेला सम्पन्न गरेको छ ।

हरिवन नगरपालिका वार्ड नम्वर ५ को वडा भेलाले समरदेव स्यांवा अध्यक्ष र विछोड लामा सचिव रहेको १ सय १ सदस्यीय वडा कमिटी चयन गरेको हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्लेले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

नेकपा एकिकृत समाजवादी हरिवन नगर कमिटीका अध्यक्ष वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्युरो सदस्य लक्ष्मण पौडेल, दुई नम्वर प्रदेशका कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री प्रमोद यादव, केन्द्रीय सदस्य डिल्ली उप्रेती एवम् वेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, सचिव गोविन्द अधिकारी, अनेरास्ववियुकी महासचिव आरती लामा, वडा अध्यक्ष नागेन्द्र साह लगायतले मन्तव्य राखेका थिए ।
द्वन्द्वपीडित वाल गृह परिषरमा भएको कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागीता रहेको नगर अध्यक्ष वाग्लेले जानकारी दिए ।

कार्यक्रमका वक्ताहरुले आफ्ना केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताले नेपालको संविधान, व्यवस्थापिका र लोकतान्त्रिक प्रणालीलाई वचाएको दावी गरे ।
उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको संविधान र कानूनलाई हातमा लिएर व्यक्तीगत शासन गर्न खोजेको भए पनि पाँच दलिय गठवन्धनले जोगाएको दाबी गरेका थिए ।









