वीरगञ्ज,असाेज २८-पर्सा प्रहरीले वीरगञ्जस्थित आइसिपी गेटबाट १२० किलो लागुऔषध गाँजा बरामद गरेकाेछ ।
एलपी ग्यास बोक्ने भारतीय नम्बरको ग्यस बुलेटबाट बुधबार अपरान्ह गाँजा बरामद भएकाे प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रह्लाद कार्कीका अनुसार वीरगञ्ज महानगरपालिका–२५स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई चेकजाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको हाे । ग्यास बुलेट र गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले जानकारी दिए ।









