जनकपुरधाम,आसेज २—प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका लागि जनकपुर आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते पछि सरकार विस्तार हुने बताएका छन् ।
प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताए । उनले असोज ४ गते पछि सरकार विस्तार हुनेमा कुनै संका नगर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले एमसीसीको विषय विवादित वन्दै गएको तर्क गरे । केपी ओलीको पालामा एमसीसीको सम्झौतामा गडवडी गरिएको उनको आरोप थियो । विकासको लागि पैसा चाहिएको भए पनि त्यसको लागि सम्पुर्ण दलहरुसंग छलफल गरेर यसलाई कार्यान्वयन तर्फ लग्नुपर्ने र संसोधन गरेर नेपालमा लागु गराउनुपर्ने आफ्नो धारणा उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलिय लोकतान्त्रिक गठबन्धन नटुट्ने दावी गरे । उनले गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि आब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसम्म गठबन्धन रहिरहने विश्वास व्यक्त गरे ।








