हरिपुर, असार २१—जीपी फाउण्डेसन सर्लाहीले सोमवार (आज) हरिपुर नगरपालिका ७ चिताईनमा सहभोज कार्यक्रमको आयोजना गरेको छ । समाजमा मानवीय कलंकको रुपमा जकडिएर रहेको जातीय भेदभाव अन्त्य गर्ने उद्देश्यले सहभोजको आयोजना गरिएको फाउण्डेसनले जनाएको छ ।जीपी फाउन्डेसन सर्लाहीका सभापति सुशील शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका अतिथि समेत रहेका राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिए ।
कार्यक्रमका वक्तहरुले २१ र्औ शताब्दीमा आईपुग्दा पनि समाजमा छुवाछूत विद्यमान रहनु दुःखको बिष भयको भन्दै, यसको अन्त्यको लागि कानुनको कार्यन्वयनमा जोड दिए ।
एकजना युग पुरुष स्वःगिरिजा प्रसाद कोइरालाको ९८ औ जन्मजयंती मनाई रहदा समाजमा व्याप्त मानवीय कलंक हटेर जाओस भन्ने अभिप्रायले सहभोज कार्यक्रम गरिएको फाउन्डेसका अध्यक्ष सर्माले चियोचर्चो खबरलाई जानकारी दिए ।
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रजनीकान्त झा ,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी,मानव अधिकारकर्मी सुन्दर श्याम राय, शिक्षक बिद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।









