राजिव साह/ सर्लाही
मलंगवा,चैत -१ । सर्लाहीको मलंगवास्थित शहीद चोकमा इनीशा विकको हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ।

मानव अधिकार रक्षक सञ्जाल, क्रियाशील गैरसरकारी संस्था तथा महिला मानवअधिकारकर्मीहरूको सहभागितामा आयोजित कार्यक्रममा “Justice for Inisha BK”, “दोषीलाई कारबाही गर” लगायतका नारासहित ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मुकेश मिश्र, ओरेककी गुञ्जा साह, अधिकारकर्मीहरू बुधन साह, अब्दुल सहमद नगमा खान, दिवानी घिमिरे, दिव्य साह, सङ्गीता पञ्जियार, सञ्जय मण्डल लगायत ओरेकका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले इनीशा विककाे घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिन सरकारसँग माग गरेका छन्। साथै महिला हिंसा तथा हत्या जस्ता घटनामा राज्य गम्भीर हुनुपर्ने र पीडित परिवारलाई शीघ्र न्याय दिलाउन पनि उनीहरूले जोड दिएका छन्।









