![]()
लालबन्दी,पुस -२८ गते । लायन्स क्लब अफ लालबन्दी सिटीले जाडोबाट प्रभावित विपन्न नागरिकलाई २३ वटा सिरक प्रदान गरेको छ।
क्लबले आज साेमवार सिटीको प्रेसिडेन्ट रेवन्त राज तिमल्सिनाकाे अध्यक्षतामा लालबन्दी नगरपालिका वडा नं. ७ र १५ का विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारहरूलाई न्यानो सिरक वितरण गरेकाे हो।
![]()
चिसो मौसममा गरिब तथा असहाय नागरिकहरूलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग कार्यक्रम आयोजना गरिएको लायन्स क्लबका पूर्व अध्यक्ष राजकुमार न्यैपानेले जानकारी दिए।
![]()
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता मानवीय तथा सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश जाने बताएका छन्।

लायन्स क्लब अफ लालबन्दी सिटीले यस अघि पनि यस्तै राहत वितरणका कार्यक्रम गर्दै आएको छ ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन क्लबका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी न्याैपानेले बताए ।









