ईश्वरपुर असार,४—महोत्तरीको गौशालामा रहेको रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी रमेश महतो (कोईरी) को शुक्रवार साँझ टिपरकाे ठक्करबाट मृत्यु भएको छ ।
उनलाई हरिपुर्वा नगरपालिक ९ बसतपुर स्थित भित्रि सडक खण्डमा श्रीनगरबाट बसतपुर जादै गरेको ना.७ ख.५६६० न.को टिपरले ठक्कार दिएको थियो । मृतक महतो ज.७ प.९०४२ न.को मोटरसाईकलमा सवार थिए ।
ईश्वरपुर नगरपालिका १३ श्रीनगरका रामबृक्ष कोईरीको छोरा २९ वर्षिय रमेश कुशवाहको टिपरकाे ठक्करबाट टाउकोमा गम्भिर चोट लागेको र उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना स्थल पुगेको प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ईश्वरपुरमा रहेको इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको प्रहरीले जनाएको छ । घटना पछि स्थानियले टिपरमा ओगो लगाएका थिए । सञ्चारकर्मी रमेश महतो महोत्तरीको गौशालामा रहेको रेडियो जूनताराको कार्यक्रम प्रस्तोता र बजार प्रतिनिधी हुन ।









