
रानीगञ्ज, मसिर—२८ गते । महिलाहरुको क्षमता विकासमा सकृय श्री वनदेवी महिला कृषि सहकारी संस्था लालबन्दी –१७, रानीगञ्जको १३ औ बार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षता तथा मनकामना सामुदायिक वनका अध्यक्ष तिलक बहादुर वलको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा स्थानीय महिला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सान्नानी बुढाथोकी , जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेत प्रसाद तिमल्सिना , खानेपानीका अध्यक्ष पुरुशोतम पौडेल , निर्वाचित वडा सदस्य अम्बिका खरेल समाजसेवी युवा ब्यत्तित्व मनोज बख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभाले देवका श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सहकारीकि ब्यबस्थापक मन्जिला बलले जानकारी दिइन् ।











