
काठमाण्डाैं,मंसिर—२३ गते । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमा पुनःबहाली गर्ने आदेश दिएको छ।

अदालतको निर्णयपछि शाक्यले यसलाई न्यायको जीत भन्दै प्रतिक्रिया दिएका छन् र सरकारले गरेको सरुवाबाट आफू आहत भएको बताउँदै अदालतले दिएको राहतका लागि धन्यवाद व्यक्त गरेका छन्।

नहकुल सुवेदी र श्रीकान्त पौडेल समावेश संयुक्त इजलासले उनकाे पक्षमा परमादेश जारी गरेको थियो।

सरकारको गत असोज ५ को निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरिएको थियो, जसविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।











