मिति: २०८२ कार्तिक २३ गते, आइतवार (नोभेम्बर ९, २०२५),
तिथि:मार्ग कृष्णपक्ष चतुर्थी (१०:०२ पछि पञ्चमी)
नक्षत्र: आर्द्रा
चन्द्रराशि: मिथुन

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)                                                                            सहयोगीहरूको साथले रोकिएका काम सम्पन्न हुनेछन्। उद्योग, व्यापार तथा पेशागत क्षेत्रमा उल्लेखनीय फाइदा हुनेछ। गरेको मिहिनेतको छिट्टै प्रतिफल पाइनेछ। सम्मान वा विशेष उपहार प्राप्त हुने सम्भावना छ। कृषिक्षेत्रमा केही चुनौती भए पनि धन आर्जन प्रशस्त हुनेछ। प्रतिस्पर्धा र विरोधीहरूलाई पछाडि पार्ने मौका मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वचन पूरा गर्न नसक्दा आलोचना सहनु परे पनि धैर्य राख्दा परिस्थितिमा सुधार आउनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ, त्यसैले संयमता अपनाउनुहोस्। हातमा आएको धन अरूका लागि खर्चिनुपर्ने सम्भावना छ। मिहिनेत र विवेकले सम्मान र प्रतिष्ठा दिलाउनेछ। शुभचिन्तकहरूको सल्लाहलाई मान्यता दिनु लाभदायक हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अवसरहरू पाइए पनि केही कारणले कार्य सम्पन्नमा ढिलाइ हुन सक्छ। हतारमा निर्णय नगर्नुहोस्, अन्यथा समस्या उत्पन्न हुन सक्छ। कमजोरीमाथि टिप्पणी हुन सक्छ, तर पुनः प्रयास गर्दा सफलता मिल्नेछ। गोपनीयता कायम राख्नु आवश्यक छ। व्यक्तित्व आकर्षक बन्नेछ र आत्मविश्वास बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

खर्च बढे पनि लगानीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। दिगो योजनाका लागि ऋण वा साझेदारीको आवश्यकता पर्न सक्छ। अवसर खोज्न केही दौडधुप गर्नुपर्नेछ। विदेश यात्रा वा अध्ययनको सम्भावना छ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरूबाट सचेत रहनुहोस्। सोचविचार गरी निर्णय लिनु बुद्धिमानी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दैनिक आवश्यकता सहज रूपमा पूरा हुनेछ। मिहिनेतको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ जिम्मेवारी थपिन सक्छ। व्यापारमा लाभ हुने संकेत छन्। केही खर्च बढे पनि दीर्घकालीन फाइदा हुने कार्य आरम्भ हुनेछ। श्रम र लगनले सफलता दिलाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कामका सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्यको अवसर प्राप्त हुनेछ। नयाँ योजनाबाट दीर्घकालीन लाभ हुने सम्भावना छ। मिहिनेत, लगनशीलता र विवेकले नाम, दाम र सम्मान दिलाउनेछ। सामाजिक र व्यावसायिक जिम्मेवारी बढ्नेछ। नेतृत्वदायी भूमिका निभाउने अवसर मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिष्ठा र सम्मान प्राप्त हुने दिन रहनेछ। समाजसेवा वा धर्मकर्ममा संलग्न हुने अवसर मिल्नेछ। सामुदायिक कार्यमा सक्रिय सहभागिताले आत्मसन्तुष्टि प्राप्त हुनेछ। समस्या आए पनि सहयोगीहरूको साथले समाधान सम्भव हुनेछ। दीर्घकालीन फाइदा हुने कार्यमा लगनशीलता बढाउनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुन सक्छ। गोप्य सूचना वा योजना चुहिन सक्ने सम्भावना छ, त्यसैले सावधानी अपनाउनुहोस्। काम दोहोर्याउनुपर्ने बाध्यता आउन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। प्रतिस्पर्धा र ईर्ष्याले मन अशान्त बनाउन सक्छ, संयमता राख्नुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिन रमाइलो र लाभदायक रहनेछ। व्यापार तथा पेशामा मनग्गे लाभ पाइनेछ। पारिवारिक भेटघाट र रमाइलो यात्राको अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। आफन्त र प्रियजनको सहयोगले उत्साह बढ्नेछ। आत्मविश्वास र हर्षपूर्ण मनस्थितिले कार्य सफल पार्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पहिलेका उपलब्धिले नयाँ हौसला जगाउनेछ। मेहनतका कारण विभिन्न अवसरहरू प्राप्त हुनेछन्। लक्ष्य हासिल गर्न परिश्रम आवश्यक पर्ला तर फल सन्तोषजनक हुनेछ। शत्रुहरू परास्त हुनेछन् र रोगबाट राहत मिल्नेछ। विवाद वा कानुनी मामिलामा आफ्नो पक्ष बलियो रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शुभचिन्तक र गुरुजनको सहयोग प्राप्त हुनेछ। पढाइ, अनुसन्धान वा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलता र दृढताले लक्ष्य प्राप्ति सम्भव हुनेछ। पेसा र व्यवसायमा उल्लेखनीय सुधार हुनेछ। नयाँ सम्भावनाहरू पहिचान गर्न सकिने समय हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काम पुनः दोहोर्याउनुपर्ने बाध्यता आउन सक्छ। साझेदार वा हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। हतारमा वचन नदिनुहोस्। घरायसी खर्च बढ्ने सम्भावना छ, त्यसैले आर्थिक संयम अपनाउनुहोस्। लाभका लागि नजिकिन आउने व्यक्तिहरूसँग सतर्क रहनुहोस्। गोपनीय योजना अहिले सार्वजनिक नगर्नु बुद्धिमानी हुनेछ।