मिति : २०८२ कार्तिक १९ गते,बुधवार
तिथि: स्कार्तिक शुक्लपक्ष पूर्णिमा
नक्षत्र: स्अश्विनी नक्षत्र ९१०स्२३ पछि भरणी०
चन्द्रराशि:   मेष
तारिख : ९५ नोभेम्बर २०२५०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)                                                                                      आज प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम कमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द पाइनेछ। प्रशंसनीय कार्य सम्पन्न हुने हुँदा तपाईंका प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ। अघिल्लो सफलताले हौसला बढाउनेछ र टाढिएका आफन्तसँग पनि भेट हुने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्ने सम्भावना छ, त्यसैले खर्चमा संयमता अपनाउनुहोला। आफ्नाबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ। बेहोस निर्णयले नोक्सान पुर्याउन सक्छ, त्यसैले सोचविचार गरी निर्णय लिनु उत्तम हुनेछ। नाम र दामका लागि गरिएको खर्च व्यर्थ हुनसक्नेछ। यद्यपि, टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आयका स्रोत बढ्नेछन् र दैनिक कामबाट पनि राम्रो लाभ प्राप्त हुनेछ। अवसर र चुनौतीका बीचमा कर्मयोग अघि बढ्नेछ। दीर्घकालीन काममा लगानी गर्ने मौका मिल्नेछ। उपलब्धि हासिल गर्न थप श्रम गर्नुपर्नेछ। पहिलेको परिणाम कमजोर देखिए पनि मिहिनेतले सुधार ल्याउनेछ। आफ्नो सफलता माथि अरूले दाबी गर्न सक्छन्, त्यसैले सावधान रहनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गरे लक्ष्य हासिल गर्न सकिनेछ, तर प्रशस्त आम्दानी नहुन सक्छ। सहयोगीबाट गोपनीयता चुहिने सम्भावना छ। मिहिनेतले व्यावसायिक चुनौती टार्न सहयोग पुर्याउनेछ। तत्काल लाभ नभए पनि दीर्घकालीन योजना लाभदायी बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सावधान रहनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धर्मप्रति श्रद्धा बढ्नेछ र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार–व्यवसायमा राम्रो फाइदा मिल्नेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीहरू नजिकिनेछन्। भाग्यले साथ दिई समस्या र चुनौतीहरू समाप्त गर्नेछ। नाम र दाम दुबै हातलागी हुनेछ। योजना अपूर्ण रहे पनि आर्थिक लाभ अवश्य हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कामको चाप बढ्नेछ र शारीरिक थकान वा आलस्य अनुभव हुन सक्छ। स्वास्थ्यमा कमजोरी आउन सक्छ, त्यसैले खानपान र विश्राममा ध्यान दिनुहोस्। सामान्य काममा धन र समय खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन नदिन सजग रहनुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। वातावरण उल्लासमय रहनेछ। व्यवसाय वा यात्रामा रमाइलो अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। प्रियजनसँगको आत्मीय सम्बन्ध बलियो बन्नेछ। गृहस्थीमा सुख र समृद्धि आउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा केही चुनौती देखा पर्नेछन्। अपेक्षित लाभ पाउन कठिनाई हुन सक्छ। वैधानिक वा प्रशासनिक अड्चनले लक्ष्यमा ढिलाइ गर्न सक्छ। प्रतिस्पर्धा बढ्नेछ, त्यसैले अधिकार जोगाउन सतर्क रहनुहोस्। अनावश्यक खर्च वा ठगीको सम्भावना छ, सावधानी अपनाउनुहोस्। धैर्य र सूझबूझले उपलब्धि जोगाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो समयदेखि रोकिएका काम पुनः सुरु हुनेछन्। अघिल्ला उल्झनहरू अन्त्य भई निर्णायक काम गर्ने समय आएको छ। बुद्धिको प्रयोगले लक्ष्य नजिक पुग्न सकिनेछ। व्यापार वा पेशामा लगानी गर्ने अनुकूल समय हो। गुरुजन तथा शुभचिन्तकको सहयोग प्राप्त हुनेछ। अध्ययनमा पनि उन्नतिको संकेत छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अवसर पहिचान गर्न ढिलो हुँदा केही पछाडि परिने सम्भावना छ। असावधानीपूर्वक बोलेका शब्दले समस्या निम्त्याउन सक्छन्। विशेष योजना गोप्य राख्नु राम्रो हुनेछ। साझेदारीमा समस्या आउन सक्छ। अरूको व्यवहारले शंका उत्पन्न भए पनि परिवारजनको सहयोगले मनोबल बढ्नेछ। पछि लाभदायी हुने कार्यमा ध्यान दिनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दाजुभाइ वा साथीहरूसँग असमझदारी बढ्न सक्छ। जिम्मेवारी बढे पनि सहयोगीहरू पछि हट्न सक्छन्। प्रतिस्पर्धा र ईर्ष्याले काममा अवरोध आउन सक्छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय होइन। व्यवसायमा सामान्य लाभ हुनेछ, तर अपेक्षित आम्दानी नहुन सक्छ। आफ्नो अधिकारको रक्षा गर्न सजग रहनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काम बन्ने क्रमले मनग्य आम्दानी प्राप्त हुनेछ। बुद्धि र क्षमताको सदुपयोगले नाम, दाम र प्रतिष्ठा बढ्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, संगीत वा अभिव्यक्तिका माध्यमबाट मन जित्ने अवसर मिल्नेछ। सहयोगीहरूको साथले रोकिएका काम सम्पन्न हुनेछन्। सानो प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ।