२०८२ साल कार्तिक ३ गते, सोमवार (२० अक्टोबर २०२५)
तिथि: कार्तिक कृष्णपक्ष चतुर्दशी — औंसी तिथि १४:५९ पछि
नक्षत्र: हस्त
चन्द्र राशि: कन्या

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वादविवादमा परिनाले काममा बाधा पुग्न सक्छ। ईर्ष्यालु व्यक्तिहरूले सताउने सम्भावना छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट बच्दै समयको सदुपयोग गर्नुहोला। बाह्य स्रोत जुट्नेछ, प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा अवरोध आउन सक्छ, योजना अधुरो रहन सक्छ। स्वास्थ्य कमजोर हुन सक्छ। धैर्य र लगनशीलताले भने सफलतामा पुग्न सकिनेछ। सन्तानको साथले हौसला मिल्नेछ। व्यवसायमा सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

निर्णय लिए पनि कार्यान्वयनमा समस्या आउन सक्छ। साझेदारीमा विवादकाे सम्भावना छ। योजनाहरू तत्काल सार्वजनिक नगर्नुहोस्। आफन्तसँग असमझदारी बढ्न सक्छ। दीर्घकालीन योजनामा हतार नगर्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा अवरोध आउनेछ। नयाँ योजना सुरु गर्न उपयुक्त समय छैन। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोस्। आलस्य त्याग्दा मात्रै काम बन्ने सम्भावना छ। दोहोर्याएर प्रयास गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्राथमिकताका आधारमा काम नगर्दा पछि पर्न सकिन्छ। बोलीमा सावधानी अपनाउनुहोला। अनावश्यक कर्जा र उधारोबाट बच्नुहोस्। विवादास्पद विषयमा प्रवेश नगर्नुहोला। नियमित काममा भने लाभ यथावत रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ अवसरहरू प्राप्त हुनेछन्। सृजनात्मक कार्यमा सफलता मिल्नेछ। मनग्गे धन लाभ हुनेछ। विछोडिएका आफन्तसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समस्याले दौडधुप गराउन सक्छ। खर्च बढ्न सक्छ। पेसा र व्यवसायमा सतर्कता आवश्यक छ। दोहोर्याएर प्रयास गर्दा आंशिक फाइदा हुनेछ। आकस्मिक यात्रा सम्भव छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतको राम्रो मूल्य प्राप्त हुनेछ। राेकिएका काममा प्रगति हुनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्ने सम्भावना छ। पुराना समस्याले खर्च बढाउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा ढिलासुस्ती देखिन सक्छ। दोहोर्याएर प्रयास गर्दा फाइदा उठाउन सकिन्छ। सहयोगीबाट गोप्य कुरा बाहिरिन सक्छ। दीर्घकालीन योजनाको बाटो खुल्नेछ। नजिकिने स्वार्थीहरूसँग सावधानी अपनाउनुहोस्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्य र आहारविहारमा ध्यान दिनुहोला। प्रयास गर्दा अप्ठेरा काम पनि बन्नेछ। मिहिनेतको प्रतिफल चित्तबुझ्दो नहुन सक्छ तर अकल्पनीय फाइदा मिल्ने सम्भावना छ। गोप्य रहस्य पत्ता लाग्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ। काममा गोपनीयता आवश्यक छ। अनावश्यक अडानले समस्या निम्त्याउन सक्छ। लगानीपूर्व सोचविचार गर्नुहोस्। शुभचिन्तकको सुझाव उपयोगी हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रियजनसँगको भेटघाटले मन प्रसन्न हुनेछ। घुमफिर र मनोरञ्जनको समय हो। तर आफ्नो नाम प्रयोग गरेर अरूले फाइदा उठाउन सक्छन्। खर्च बढ्न सक्छ। वादविवादबाट बच्नुहोला। विदेश यात्राको सम्भावना पनि देखिन्छ।