
आज २०८२ असोज २७ गते सोमवार, १३ अक्टोबर २०२५। कार्तिक कृष्णपक्ष सप्तमी तिथि। आर्द्रा नक्षत्र। आज चन्द्रमा मिथुन राशिमा रहने छन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। नयाँ काम थालनी हुनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश मिल्नेछ। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। विश्वासपात्रमाथि शंका जाग्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ।दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमशस् सुधार आउनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। उपलब्धिका लागि पहिले सम्पादन भइसकेको काम समेत दोहोर्याउनुपर्ला। अरूका काममा व्यस्त बन्नुपरे पनि आफ्ना कामको मेसो नमिल्दा पछि परिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ।चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। विवादास्पद जिम्मेवारी आउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला।









