कृष्ण थपलिया
जनकपुर,जेठ २६ — प्रदेश २ मा कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका छन् । बुधबार राती आबेर नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएका हुन । कांग्रेसको तर्फबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्री, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्री र सर्लाही क्षेत्र नं ४ बाट निर्वाची प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।
ठाकुर–महतो समूह प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भए पछि केहिमहिना अघि एकिरण भएको जनता समाजवादी पार्टीमा ध्रुवीकरण भएको हो । ठाकुर–महतो समूह सरकारमा सहभागी भएसंगै उपेन्द्र यादव समूहले प्रदेश नं. २ सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेका थिए ।
ठाकुर–महतो समूहका चारमन्त्रीलाई पदमुक्त गरेपछि अल्पमतमा परेका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस÷माओवादी केन्द्रसंग सत्ता साझेदारी गरेका हुन । एधेपी माओवादी केन्द्रलाई बुधबार नै सरकारमा सामेल गराउन भने मुख्यमन्त्री राउत असफल भएका छन् । कांग्रेसबाट ३ मन्त्रीहरू थपिएसँगै प्रदेश २ मा ९ सदस्यीय मन्त्रीमण्डल बिस्तार भएको छ । माओवादी केन्द्र सरकारमा सहभागी हुदाँ यो संख्या ११ पुग्ने छ । भने कांग्रेसको एउटा राज्य मन्त्रीको दाबी कायमै छ ।
यता सर्लाही क्षेत्र नं.४ का प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंह प्रदेश नं. २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री नियुक्त भएपछि कांग्रेस जनमा खुसिको सञ्चार भएको छ । उनिहरु शपथ ग्रहण अघि देखिनै सामाजिक सन्जालमा बधाई दिन व्यस्त देखिन्थे ।
कोहुन त नवनियुक्त मन्त्री सिंह ?

सर्लाहीको धनकौल गाउँपालिका घर भएका सिंह नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहका भाई हुन । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्यमा निर्वाचित ४२ वर्षीय सिंह एउटा जुझारु युवा नेताको रुपमा परिचित छन् ।
सर्लाही क्षेत्र नंं .४ को बिकाश निमार्णमा सकृय सिंह पार्टिको कुसल संगठको रुपमा चिनिन्छन् । पार्टिको संगठन बिस्तारमा अहोरात्र खटिरहने नवनियुक्त मन्त्री सिंहले हरेक बर्ष सर्लाही क्षेत्र नं.४ मा पार्टिको बिशाल कार्यक्रमहरुको आयोजना गराई रहेका हुन्छन् । हरेक वर्ष १÷२ हजार जनतालाई आफ्नो पार्टिमा प्रवेश गराउने नेता सिंह कहिले निस्कृय नरहे नेता रहेको क्षेत्रिय सभापती रामआश्रय साह बताउछन् । आर्थिक रुपले सम्पन्न एक व्यावसायिक घरानाका सिंह,सामाजिक कृयाकलापमा पनि त्यतिकै सकृय देखिन्छन् । बिभिन्न बिपत्ति तथा प्राकृतिक प्रकोपहरुमा पनि जनताको घरमै राहत सामग्रीका साथ पुग्ने तथा चाहड पर्वका अवसरमा केही कोशेलीका साथ जनता माझ पुग्ने उनको बिशेषता रहेको धनकौलका युवा मुकेश सिंह बताउछन् ।









