चन्द्रनगर, भदौ —१४ गते। चन्द्रनगर गाउँपालिकाको मुसहर समुदायबाट स्नातक अध्ययन गर्ने पहिलो छात्रा किरण कुमारी माझी र उनकी आमालाई प्रतिनिधि सभा सदस्य चन्दा चौधरी र मधेशी महिला समाज, नेपालकी अध्यक्ष कन्चन चौधरीले सम्मान गर्दै हौसला प्रदान गरेका छन्।
चन्द्रनगर गाउँपालिका-२ पर्ती बजार स्थित गौचरण आधारभूत अस्पतालमा आयोजित एक कार्यक्रमकामा सांसद चाैधरीले छात्रा किरण कुमारीलाई सम्मान पत्र र खादा ओढाएर सम्मानित गरिन्। यस अवसरमा सांसद चाैधरीले किरण कुमारीलाई अध्ययनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले भने, “चन्द्रनगर गाउँपालिका तर्फबाट  हामीले छात्रा किरण कुमारीलाई स्नातक अध्ययनका लागि ११ हजार रुपैयाँ सहयोग गरेको थियौं। पछि उनको विवाहमा पनी गाउँपालिकाले ५० हजार सहयोग गर्नेनैछ “।
“उहाँहरूले पनि सम्मान गरेर हाैसला बढाईदिनुभएकाेछ ,”चियाेचर्चा दैनिकलाई जानकारी दिँदै भने ।
महताे अध्यक्ष निर्वाचित भएपछि कार्यविधिनै बनाएर विद्यार्थीकाे हाैसला बढाउने कार्यक्रम गर्दैआएका छन् ।
शिनिवार मधेशी महिला समाज नेपालले बालविवाह विरुद्ध जनचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरेको आयाेजक संस्थाले जनाएको छ। चन्द्रनगर गाउँपालिकाको समन्वय र नेपाल भारत महिला मैत्री समाजको सहयोगमा कार्यक्रम  सम्पन्न भएको हाे ।
मधेशी महिला समाजकी अध्यक्ष कन्चन चौधरीको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य सांसद चन्दा चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको विशिष्ट आतिथ्य रहेको थियो।
गाउँपालिका अध्यक्ष महतोले सहयोगी संस्था र संघीय सांसद चन्दा चौधरीलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा सांसद चाैधरीले महिलाहरूका लागि विवाहको उमेर १८ वर्ष कायम गर्नु व्यवहारिक हुने  बताउँदै  यसले  मधेसमा उमेर बढेपछि महिलाहरूका लागि विवाह गर्न कठिन हुने समस्याको समाधानको विश्वास व्यक्त गरिन । सम्मान कार्यक्रमले बालिकाहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रेरणा प्रदान गर्ने विश्वास गरिएको  छ।