रौतहट, भदौ—१३ ,नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज कुमार के.सी.को नेतृत्वमा आएको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा अनुगमन सम्पन्न गरेको छ।


“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” अन्तर्गत भएको सो निरीक्षण कार्यक्रममा डिआईजी उमा प्रसाद चतुर्वेदीसहितको टोलीको सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा एआईजी डा. के.सी.ले संगठनको निर्देशनअनुसार दक्षतापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरी सेवामा थप पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको बताएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीका अनुसार उच्च स्तरीय टोलीले कार्यालयका समग्र गतिविधि, भौतिक संरचना, प्रशासनिक कार्यसम्पादन र सार्वजनिक सुरक्षा व्यवस्थाबारे मूल्याङ्कन गरेको छ।