
मलंगवा, साउन -२३, जिल्ला प्रशासन कार्यालय मलंगवा, सर्लाहीले हाल प्रवाह गर्दै आएको सेवा एकदिनका लागि स्थगन हुने जनाएको छ ।
कार्यालयले शुक्रवार (हिलाे) सूचना जारी गर्दै साउन २५ गते, आइतवारका दिन हाल सेवा प्रवाह गर्दै आएको स्थानबाट नवनिर्मित भवनमा सर्नु पर्ने भएकाले एक दिनको लागि सबै सेवा स्थगित हुने जानकारी दिएको हाे ।

कार्यालयले नयाँ भवनमा कागजात तथा अन्य सामग्रीहरु सार्नुपर्ने र सेवा प्रवाहका लागि आवश्यक व्यवस्थापन कार्य गर्नुपर्ने भएकाले आइतवार एक दिन सेवा स्थगन हुने जनाएको छ।

प्रशासकीय अधिकृत जय किशोर साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, साउन २६ गतेदेखि भने नव निर्मित भवनबाटै नियमित सेवा प्रवाह गरिनेछ।

कार्यालयले सेवा स्थगनको कारण सेवाग्राहीहरूमा पर्न सक्ने असुविधाप्रति क्षमा प्रकट गरेको छ। नयाँ भवनबाट सेवा सञ्चालन प्रारम्भ भएपछि सेवा अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
तस्बिर साैजन्य :मुकेश यादव । जिल्ला प्रशासन कार्यालय सर्लाही ।










