प्रतिकात्मक तस्बिर ।

सुनसरी, साउन -२०, कोशी गाउँपालिका–८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका–१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।