लालबन्दी,असार- २७, नेपाल विद्युत प्राधिकरण, लालबन्दी वितरण केन्द्रले भाेली शनिवार हरिपुर सव-स्टेशन हुँदै सञ्चालित विभिन्न फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको  छ।


प्राधिकरणले आज शुक्रवार  सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै ,नवलपुरदेखि हरिपुर सव-स्टेशनसम्मको ३३ के.भि. लाइन मर्मत तथा बुस कटिङ्ग कार्यका साथै हरिपुर सव-स्टेशनमा ब्रेकर मर्मत कार्य गरिनुपर्ने भएकाले भाेली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सटडाउन गरिने जनाएको हाे ।


प्राधिकरणका अनुसार सटडाउनका कारण  ईश्वरपुर, पचगछिया, पूर्नवास, हरिपुर र बरथवा फिडरहरूमा विद्युत अवरुद्ध हुने छ ।यी फिडरमार्फत सञ्चालित सम्पूर्ण लाइनहरू तोकिएको समयसम्मका लागि अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।


प्राधिकरणले सम्भावित असुविधाका लागि ग्राहकहरूमा क्षमाप्रार्थना गर्दै मर्मत कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा लाइन पनि सोही अनुसार समयअघि सुचारु हुन सक्ने जनाएको छ ।