![]()
काठमाडौँ, असार- २७ नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्व पौडेलले कार्यभार सम्हालेपछि पहिलोपटक मौद्रिक नीति ल्याउन लागेका हुन्।

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रका अनुसार बैंक सञ्चालन समिति बैठक बस्ने तयारीमा छ। सो बैठकले नीति पारित गरे आजै दिउँसो मौद्रिक नीति सार्वजनिक गरिनेछ।
हिजो पनि समितिको बैठक बसेको थियो, जसमा मौद्रिक नीतिको भूमिकामाथि छलफल भएको थियो भने आज थप नीतिगत व्यवस्थामाथि छलफल हुनेछ।

यसपटकको मौद्रिक नीति बजेटसँग तादात्म्य हुने गरी उदार ढाँचामा ल्याउने तयारी गरिएको छ। अहिले ब्याजदर न्यून भए पनि कर्जाको माग बढ्न नसकेको र बैंकमा तरलता थुप्रिएको अवस्था छ।

अर्थतन्त्र अझै पूर्णरूपमा चलायमान भइनसकेकाले कर्जाको प्रवाह बढाउने र आर्थिक गतिविधि सक्रिय बनाउने उद्देश्यले नीति निर्माण गरिएको जनाइएको छ ।









