कृष्ण थपलिया / सर्लाही
असार -१५ नेपाली कांग्रेस बसबरिया गाउँपालिकाले २२ औं राष्ट्रिय  धान दिवस विविध कार्यक्रम गरि मनाएको छ।
नेपाली कांग्रेस बसबरिया -५ का  सभापति नेमीचन रायको सभापतित्व तथा नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् संसदीय दलका उपनेता पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र  प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा राष्ट्रिय धान दिवस मनाइएको नेपाली कांग्रेसका युवा नेता गजेन्द्र सहाले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


साहका अनुसार बसबरिया .-५ को धनगढामा धान राेपी, पार्टीको अग्रजहरुलाई सम्मान गर्दै, दही चिउरा खुवाएर  भव्य रूपमा कार्यक्रम सम्पन्न गरिएको हाे।
कार्यक्रममा क्षेत्र नम्बर – ३ का सभापति सरोज राय, पूर्व गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, पालिका अध्यक्ष लाल बाबु महतो, नेता विनोद राय, महासमिति सदस्य राम बाबु रायको सहभागिता रहेको थियो।


यता नेपाल किसान महासंघ जिल्ला कार्यसमिति सर्लाहीले जिल्लाकाे हरिपुर -४ हरैयामा धान राेपेर शुभकामना आदानप्रदान गरि राष्ट्रिय  धान दिवस मनाएको छ ।
किसान महासंघका जिल्ला सभापति विष्णु रायको सभापतित्व तथा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा हरैया स्थित मानवसेवा आश्रय नजिक धान राेपेर दही चिउरा खाई दिवस मनाइएको  नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ (ख) का सभापति सिताराम दाहालले  जानकारी दिए ।


कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ ,नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ (ख) का सभापति सिताराम दाहाल , मुस्लिम संघका मधेस प्रदेश अध्यक्ष शेष सहदुल्ला,मधेस प्रदेश कार्य समिति सदस्य साेनी कुमारी बम्जन,रामबाबु साहा, महिला नेतृ भवानी काेइराला,बनीता कार्की, हरिपुर नगरपालिकाकी उपमेयरमा निलम राय यादव  नेताहरू पीताम्बर महताे,पवन काेइराला लगायतको सहभागिता रहेको थियो ।
उता मलंगवामा पनि  नगरपालिकाका मेयर, उपमेयर सहितले  धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् ।
मलंगवा नगरपालिका वडा न–४ स्थित  खेतमा आइतवार (आज) एक  कार्यक्रमको आयोजना गरि मेयर नागेन्द्र प्रसाद यादव, उपमेयर शकुन्तला देवी साह, वडाध्यक्ष, कर्मचारी, स्थानीय किसान, पत्रकारलगायतले धान रोपेर दिवस मनाएका हुन्।

जिल्ला स्थित अन्य विभिन्न पालिका,संघसंगठनले पनि धान राेपी दही चिउरा खाएर दिवस मनाएका छन् ।