सर्लाही, जेठ ३१ –जिल्लाकाे क्षेत्र नम्बर -४ हरकठवामा पूर्वमन्त्री तथा मधेश प्रदेशसभा सांसद वीरेन्द्र प्रसाद सिंहले नेकपा माओवादी केन्द्रका नेतासहित २५ जनालाई नेपाली कांग्रेसमा भित्र्याएका छन् ।
मधेस प्रदेश उपसभापतिसमेत रहेका सिंहले धनकौल गाउँपालिका–३, हरकठवामा आयोजित एक कार्यक्रममा रामएकवाल राय यादवको नेतृत्वमा माओवादी परित्याग गरेका व्यक्तिहरूलाई कांग्रेसमा भित्र्याएका हुन्।


कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेश प्रदेशका उपसभापति सिंहले नवप्रवेशीहरूलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरे।
नव प्रवेशिलाई स्वागत गर्दै उपसभापति सिंहले गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले सर्लाहीमा १२ वटा स्थानीय तहमा चुनावमा जितेको बताउदै आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अझ सशक्त उपस्थिति जनाउने विश्वास गरे ।


पार्टी प्रवेशको यो लहर पछिल्ला केही सातायता तीव्र रूपमा बढिरहेको र आउदा दिनमा याे क्रम अझ बढ्नेमा आफू विश्वस्त रहेको सर्लाही क्षेत्र नम्बर -४ का सभापति राआश्रय साहले बताए।


लोकतन्त्र, स्थायित्व र विकासलाई मार्गदर्शक मानेर कांग्रेसले स्थानीय तहमा जनसम्पर्कलाई विस्तार गरिरहेकाे उनलेे बताए ।