लालबन्दी, जेठ -२६,उद्योगी व्यवसायीहरूकाे छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा महेशकुमार महतोसहित सवै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
लालबन्दी नगरपालिका–७, बजारमा रहेको महेश हार्डवेयरका संचालक महतो उद्योग वाणिज्य संघ लालबन्दीको सातौं अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।


निर्वाचन समितिका संयोजक कल्याणकुमार जोशीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद देवकोटा, उपाध्यक्ष (उद्योग तर्फ) बिशाल थापा, उपाध्यक्ष (वाणिज्य तर्फ) राजकुमार चौधरी, महासचिवमा गोपालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा बिक्रम खड्का, उप–महासचिवमा सन्जित शंकर, सचिवमा कमलाकुमारी थापा र सह–सचिवमा सुधिरकुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।


त्यस्तै सदस्यहरुमा देबकला कुमारी, ओमकुमारी थापा, रेबिका विश्वकर्मा, वर्षाकुमारी लामा, बिमलेश साह, दिलिपकुमार पाठक, पदमप्रसाद घिमिरे, कृष्ण बछार, आलोककुमार कुशवाहा, किरण घिमिरे, मनोज श्रेष्ठ र कृष्ण कुमार निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ ।


उद्योग वाणिज्य संघ लालबन्दीको १० औँ अधिवेशनसहितको साधारण सभाको शनिवार उद्घाटन गरिएको थियो ।उद्योग वाणिज्य संघ लालबन्दीमा १७९ जना आजीवन र ७४५ जना साधारण सदस्य रहेका छन् । निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको थियो ।