
सर्लाही ,जेठ-१६ , जिल्लाकाे लालबन्दीमा तेश्रो क्योकुसिन कान कराते खुल्ला राष्ट्रिय प्रतियोगिता आजबाट सुरु भएको छ।
लालबन्दी नगरपािलकाको सहयोगमा नेपाल क्योकुसिन कान कराते संघ सर्लाहीले प्रतियोगिताको आयोजना गरेको हो ।
![]()
संघका जिल्ला सचिव शशी देवकोटाको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीको समुस्पस्थितिमा प्रदेश साँसद पूर्वमन्त्री बेची लुंगेलीले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेकी हुन।
भोलि सम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्वमन्त्री लुंगेलीले आफू जन्मेको भूगोल, माटो र राष्ट्रलाई चिनाउने माध्यम नै खेलकुद भएको बताइन् । उनलेे खेलकुदको विकासमा आफू सधैं सकारात्मक रहेकाले सहयोगको लागि समेत आवश्यक पहल गर्ने बताइन् ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीले हरेक क्षेत्रमा केही न केही गर्नुपर्छ भनेर नै आफूहरु लागेकोले खेलकुदको विकासमा पनि केही गर्ने बताए । उनले निरन्तर रुपमा तेश्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। उनलेे खेलाडीहरुलाई समेत आफ्नो खेल कौशल प्रदर्शन गरेर अघि बढ्न शुभकामना दिए।

कार्यक्रममा नेपाली काँग्रेसका नेता सिताराम दाहाल, एमाले नेता गोविन्द महत, लालबन्दी ७ का वडाअध्यक्ष गाेपाल कार्की ,८ का वडाध्यक्ष शुक्रलामा लगायतले मन्तव्य राख्दै प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।
प्रतियोगितामा देशभरबाट १२० बढी खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीले एक थान साईकल प्राप्त गरिनेछ,भने अन्य खेलाडीहरुले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।









