![]()
सर्लाही, वैशाख -१०, जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं १ र २ जोड्ने कालोपत्रे सडकको संघीय सांसद चाैधरीले शिलान्यास गरेकी छिन् ।
एक करोडको लागतमा ८ सय मिटर निर्माण सम्पन्न हुने कालाेपत्रे सडकको सांसद चाैधरीले आज एक कार्यक्रमका बीच शिलान्यास गरेकी हुन ।
![]()
सांसद चौधरीले यश आर्थिक वर्ष ८ सय मिटर सडक मात्र कालोपत्रे हुने भए पनि आगामी आर्थिक वर्षमा वडा नं १ को मुख्य सडक कालोपत्रे गरिने बताइन् ।
सांसद चाैधरीले सर्लाही क्षेत्र नम्बर – १ विकासको लागि आफूले प्रयास गरिने बताइन् । पहिला मधेश सरकारले करोडौं रकम पोखरीमा खर्च गरेकाे भएपनि पोखरीको विकासले नागरिकले खासै लाभ लिन नसकेको उनलेे बताइन् ।

बाटोघाटो, विधालय, कलेज तथा अस्पतालमा बजेट विनियोजन गर्दा नागरिकले प्रत्येक दिन लाभ लिन सक्ने उनकाे तर्क छ ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले पालिकाको विवाद तथा आफु सँग स्पष्ट बहुमत नहुदा गाउँपालिकामा एउटा पनि बाटो कालोपत्रे गर्न नसकिएको बताउँदै,सांसद चौधरीले सडक कालोपत्रेको लागि गरेको पहल सराहनीय भएको बताए ।
उनले गाउँ गाउँमा सिंहदरबार नारामा मात्र सिमित भएको बताउँदै बहुमतको खेलले गर्दा विकास निर्माण कार्य अवरुद्ध भएको बताए ।

गाउँपालिका अध्यक्ष महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोनेलाल साहले क्षेत्र नम्बर – १ काे बिकास निर्वाचित सांसदले गर्नुपर्नेमा भएपनि सामुनुपातिक सांसद चौधरीले आफ्नो पहलमा विकास निर्माण कार्य गरिदिनु सराहनीय रहेको बताए । उनले आफूहरूले सांसद चौधरीलाई नै यस क्षेत्रबाट निर्वाचन मा उम्मेदवार बनाउन प्रयत्न गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर १ वडाध्यक्ष रामेश्वर महतो, वडा नम्बर – २ का वडाध्यक्ष शम्भु साह, वडा नम्बर – ३ का वडाध्यक्ष सिताराम महतो, वडा नं ७ का वडाध्यक्ष दिपेन्द्र चौधरी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।









