![]()
सर्लाही वैशाख -५, नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस इकाई समिति लालबन्दीले खेलकुदका लागि छात्रवृत्ति प्रदान गर्न माग गरेको छ ।
क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलाई ज्ञापनपत्र बुुझाउँदै नेविसंघले आव शुक्रवार क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई बजेटको व्यवस्थापन गरी खेलकुद छात्रवृत्ति प्रदान गर्न माग गरेको हो ।
![]()
नेविसंघ क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) नेतृत्वमा क्याम्पस प्रमुख चौधरीलाई ज्ञापनपत्र बुुझाउँदै नेविसंघका नेताहरुले विद्यार्थीमा खेलकुदको विकास र प्रोत्साहनका लागि खेलकुद छात्रवृत्ति प्रदान गर्न माग गरेका विद्यार्थी नेता आदित्य महताेले चियाेचर्चाे खबरलाई जानकारी दिए।

ज्ञापनपत्र मार्फत नेविसंघले केही दिनअघि सुरु भएर रोकिएको खेलकुद सप्ताह पुनः सूचारु गर्न र प्रतियोगिताका बिजेता विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन माग गरेको छ ।

यस्तै क्याम्पसमा अध्ययनरत् आर्थिक रुपले विपन्न तथा प्रतिभाशाली खेलाडी विद्यार्थीलाई खेलकुद छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाउन, खेलकुद छात्रावृत्तिको मापदण्ड र छनौट प्रक्रिया स्पष्ट तथा पारदर्शी बनाउन, प्रत्येक वर्ष निश्चित संख्यामा विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने व्यवस्था मिलाउन र क्याम्पसमा खेलकुदको विकास र प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार तथा प्रशिक्षणको व्यवस्था गर्न नेविसंघले बुझाएको ज्ञापनपत्र उल्लेख छ ।
माग सम्वोधन गर्न नगरिए कडा कदम चाल्न नेविसंघ बाध्य हुने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।









