चितवन,वैशाख -५, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युलिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।  पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्डकाे समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले युटिलिटी करिडाेरकाे अवधारणाले विकास निर्माणकाे कामलाई राम्राे गर्ने बताए ।


सडक बनेलगत्तै ढल, खाेनपानीकाे पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति राेक्नका लागस पनि युटिलिटी करिडाेरकाे अवधारणामा जानुपर्नेमा सिंहकाे जाेड थियो ।
`खासकुरा शहरकाेबिचमा बाटाे बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन,फाइबर बिछ्याउन भत्काइन्छ , ´ उनले भने,` जसले गर्दा जनतामा बाटाे बनेपनि भत्किहाल्छ भन्ने परेकाे छ । यसलाई राेक्न युटिलिटी करिडाेरमा अब ध्यान दिनैपर्छ ।
´ त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जाेड दिइरहेकाे बताए ।

व्यवस्था बदलियाे अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खाेजिएकाे भन्दै उपप्रधानमन्त्री सिंहले  व्यवस्थासँगै जनताकाे अवस्थामा पनि परिवर्तन आएकाे दाबी गरे।
`राम्राे काम हाेस् भन्ने जनताकाे चाहना छ । त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्याे भन्ने आम जनताकाे चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ,´ उनले भने ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले  संघियताकाे भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणकाे काम गर्ने रहेकाे बताए।


जनताले चाहेकाे आयाेजना तीन तहकाे सरकारकाे संयाेजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्ड बनेकाे पनि सिंहले प्रष्ट पारे । उनले सडक विस्तारसँगै गतिशिलता बढ्ने र त्यसले आर्थीक गतिविधिवृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए।
तस्बिर साैजन्य: जगन्नाथ दुलाल, प्रेस संयाेजक, उपप्रधानमन्त्री सिंह ।