
सर्लाही,वैशाख -४,मुख्यमन्त्रीको निर्देशनपछि बरहथवा बजारमा सञ्चालित सर्लाही गोल्डेन अस्पतालसहित ११ ओटा निजी अस्पताल तथा पोलिक्लिनक बन्द गरिएका छन् ।
सर्लाही गोल्डेन अस्पतालले एक विरामीसँग चर्को शुल्क लिएको घटना चिचाेचर्चाे खबर लगाएका अन्लाईनबाट बाहिरीएपछि बुधवार साँझ अनुुगमनमा पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले उक्त सर्लाही गोल्डेन अस्पतालसहित मापदण्ड विपरीत सञ्चालन भइरहेका अन्य गरी ११ ओटा अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्रीको निर्देशनपछि बन्द हुने अस्पतालहरुमा सर्लाही गोल्डेन अस्पताल, सङ्कटमोचन अस्पताल, सन्जिवनी अस्पताल, ह्याप्पी अस्पताल,भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चारवटा पोलिक्लिनिक रहेका छन् ।मापदण्ड विपरीतका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न र प्रक्रिया पूरा गरेर मात्रै संचालन गर्न निर्देशन दिइएको मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

मंगलवार साँझ बरहथवास्थित सर्लाही गोल्डेन अस्पतालमा सिसाले हात काटिएपछि उपचार गराउन पुगेका बरहथवा–६ का रामप्रवेश साह रौनियारलाई हस्पिटलले १८ हजारको बिल थमायपछि विवाद भएको थियो । बिरामीका दाई महेन्द्र साह रौनियारका अनुसार उपचारपछि बिल माग्दा अस्पतालले १८ हजारको सामान्य कागजमा बिल बनाएर दिएको थियो ।
यसरी हस्पिटलले बिल नदिएर कापिमा टिपोट गरेर देखाएपछि रौनियारले मोबाईबाट फोटो खिच्न खोज्दा हस्पिटल सञ्चालक दिपेश यादव आक्रमणमा उत्रिएका पारिवारिक स्रोतको दावी छ ।बिलको विषयमा विवाद भएपछि हस्पिटल सञ्चालक यादवले फोन गरेर बाहिरबाटसमेत मानिसहरुलाई बोलाई आफुहरुमाथि रड र हेल्मेटले प्रहार गरेको बिरामीको दाई महेन्द्रले बताए ।
हस्पिटल सञ्चालक यादव र उनले बोलाएका मानिसहरुले आफुसहित आफ्नाभाई, आमा, बहिनी र भान्जिलाई कुटपिट गरेको रौनियारले बताए ।

कुटपिटपछि घाईते भएका रौनियार परिवारका सदस्यहरुको अन्य अस्पतलमा उपचार भईरहेको छ । उक्त अस्पताल पनि अनुगमन पछि बन्द गरिएको छ ।विवादपछि स्थानीयसमेतको भीडले मंगलवार साँझै नारावाजी गरि सर्लाही गोल्डेन हस्पिटललाई घेराउ समेत गरेका थिए ।
अस्पताल सञ्चालकको आक्रमण र चर्को असुलीबाट पिडित र आक्रोशित बनेका स्थानीयले बुधवार साँझ सो अस्पतालसहित बरहथवाका अन्य अस्पतालको पनि अनुुगमन गर्न पुगेका मुख्यमन्त्री सिंहसंग सर्लाही गोल्डेन अस्पताल कार्वाही गर्न आग्रह गरेका थिए ।उनिहरुले सर्लाही गोल्डेन अस्पतालले आफुहरुसंग पनि चर्को शुल्क लिनेगरेको भन्दै उनीहरुले मुख्यमन्त्रीको अगाडि नै अस्पताल बन्द गर्न भन्दै नारावाजी गरेका थिए ।

कसरी असुल्दो रहेछ त पटक पटक विवादमा आइरहेको सर्लाही गोल्डेन अस्पतालले बिरामी संग ?
सो अस्पतालले चर्को शुल्क लिने गरेको र आफुलाई अन्याय गरेको गुनासो पोखेका स्थानियले मुख्यमन्त्री सिंहलाई आस्पतालले यस अघि थमाएको बिल समेत देखाएका थिए ।
जसमा उनीसँग उपचार वापत ४ लाखको बिल थमाइएको थियो।
कसरी थमाइएको रहेछ उनलाई ४ लाखको बिल ?
अस्पताले उनिसंग बेड, ल्याब, फार्मेसी बाहेक अस्पालमै नभएको आइसियु, एनआइसियु, ओटीलगायत सेवा बपात भनि बिल थमाइएको अनुगमनको क्रममा पाइएको छ ।
अनुगमन गर्ने क्रममा अस्पताले दिएको सेवा वापतको बिल रकम र सेवा अस्पतालमा नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले अस्पताल संचालका दिपेश यादवलाई हुँदै नभएको सेवा वापत भनी किन रकम असुल गरेको भनी प्रश्न गर्दै मापडण्ड पुरा नभएसम्म अस्ताल बन्दगर्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्री सिंहले यसअघि पनि सर्लाहीमा सदरमुकाम मलंगवासहित नवलपुर, लालबन्दी, हरिवन लगायतका बजारहरुमा सञ्चालित निजी र सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका थिए ।मुख्यमन्त्री कार्यालयका अनुसार अहिले सर्लाहीसहित मधेश प्रदेशका १३७ बढी स्वास्थ्य संस्थाहरु बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिइसकेका छन् ।









