![]()
सर्लाही,चैत – २२,जिल्लाकाे चन्द्रनगर गाउँपालिका मातहतमा रहेका ताल ,पोखरीको ठेक्का सम्झौता रकम नउठ्दा बिकाश निर्माण प्रभावित भएका छन् ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महताेका अनुसार विभिन्न समयमा पालिका मातहत रहेका ताल पाेखरी ठेक्का लिएका ठेकेदारले ठेक्काको अबधि सक्कि सक्दा पनि ठेक्का सकार गरेको रकम नबुझाउदा पालिकाकाे बिकास निर्माण कार्य प्रभावित भएको हाे ।

ठेक्का बापतकाे रकम बुझाउन दर्जानाै पटक ताकेता गर्दा पनि ठेकेदारहरूले रकम बुझान आनाकानी गरिरहेका अध्यक्ष महताेले बताए । अध्यक्ष महताेका अनुसार ठेकेदारहरूले पालिकालाई ३ करोर ४१ लाख १४ हजार ६ सय १५ रुपैया ठेक्का बापतकाे रकम बुझाउन बाकी राखेको छ । जसमध्ये चन्द्रनगर गाउँपालिकाकाे मुटुमा रहेको नाढी तालको मात्र झण्डै १ करोर ८९ लाख ठेक्का बापतकाे रकम ठेकेदारले तिरेका छैनन्। तालको ठेक्का गाउँपालिकाकै वडा नम्बर -६ का दुलार मुखियाले लिएरका छन् ।

पालिका का अन्य पोखरीहरू पनि ३ करोर ४१ लाखमा ठेक्का लागेका छन् । पाेखरीहरूकाे ठेक्का बापत करिबकरिब २ करोर २७ लाख पालिकाले प्राप्त गरेको भएपनि अरू उठ्न सकेको छैन । ठेकेदारले समयमा रकम नबुझाउदा सरकारले झन्डै १ करोर १४ लाख रुपैया राजश्वमा प्राप्त गर्न नसकेको अध्यक्ष पत्रकारहरूसंगकाे कुराकानीमा बताए ।
´ठेक्का बापतकाे रकम बुझाउन हामीले उहाँहरूलाई पटकपटक पत्र पाठयौं`, उहाँहरूले अटेर गरिरहनु भएको छैन,अध्यक्ष महताेले भने, । ताकेता गर्न थालेपछि उहाँहरूले पालिकालाई विभिन्न लालछजा लगाउदै अख्तियारमा उजुरी गर्ने गर्नुभएको छ,´महताेले भने ।
चन्द्रनगर गाउँपालिका मातहत नाढी तालसहित दर्जन बढी पोखरी रहेका छन् । कतिपय पाेखरीकाे ठेक्का बापतकाे रकम ठेकेदारले बुझाए पनि धेरै रकम उठ्न नसक्दा पालिकाकाे वडा नम्बर -२ पर्ति बजारमा निर्माण सम्पन्न भइसकेको १५ शैयाकाे गाउँ अस्पताल सञ्चालनमा ल्याउन नसकिएको,नाढी तालको साैन्दर्यकरणमा काम गर्न नसकिएको अध्यक्ष महताेले बताए ।
ठेकेदारहरुबाट पाउनु पर्ने पोखरी ठेक्काको बाकी रकम असुल उपर गरिदिन आफुले जिल्ला प्रशासन कार्यालयलाईसमेत आग्रह गरेको पालिका अध्यक्ष महतोले बताए । जिल्ला प्रशासनले पाेखरी ठेकेदारहरूलाई छलफलमा बाेलाई बाकी बक्यौता तिर्न आग्रह गरेपनि ठेकेदारहरूले अटेर गरिरहेका छन् ।

६ करोर २० लाख रुपैयामा नाढी तालको ठेक्का लिएका दुलार मुखियाले ठेक्का लिएकै वर्षमा बाढीले बढिको माछा बगाएको,त्यसपछि काेरना महामारीका कारण लकडाउन भएर माछा बेच्न नपाएको कारण आफुहरुले गाउँपालिकालाई सम्झौता अनुसारको बाकी रकम तिर्न नसकेको बताउँने गरेको गाउँपालिका अध्यक्ष महताेले बताए । महताेका अनुसार उनीहरूले ठेक्का बापतकाे रकममा छुट मागिरहेका छन् ।
पटकपटक ठेकेदारहरूले अटेर गरिरहेकाले कानुनी प्रक्रिया मार्फ रकम असुल उपर गर्न गाउँपालिका अग्रसर भएको पालिका अध्यक्ष महताेले बताए ।









