![]()
कृष्ण थपलिया /सर्लाही
फागुन -१९,जिल्लाकाे लालबन्दीमा रहेको थाेक तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा प्रमोद प्रसाद थपलिया चयन भएका छन् ।

थाेक तरकारी बजार व्यवस्था समितिका निवर्तमान अध्यक्ष ताेरण बहादुर मगरको अध्यक्षता तथा लालबन्दी -७ का वडाध्यक्ष गाेपाल कार्कीकाे प्रमुख आतिथ्यतामा आज सम्पन्न किसान र व्यवसायी प्रतिनिधिकाे भेलाले थपलिया अध्यक्ष रहने गरि ६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।

कार्यसमितिका अन्य सदस्यहरूमा राकेश ढुंगेल , प्रेम बहादूर घिसिङ्ग, विजय बस्नेत, राम सागर महतो, अमरिका कूमारि देवी रहेका छन् । व्यवस्थापन समितिमा किसान र व्यवसायीबाट ३-३ जनाकाे प्रतिनिधित्व रहेको नवनिर्वाचित सदस्य राकेश ढुंगेल चियाेचर्चाे खबरलाई जानकारी दिए ।

व्यवस्था समितिमा ११ सदस्य रहने वैधानिक व्यवस्था छ। जसमा अध्यक्ष सहित थप ६ जना निर्वाचन प्रक्रियाबाट छनाैट गर्ने, जसमा बजार व्यवस्थापक सदस्य सचिव ,वडाध्यक्ष,कृषि ज्ञानकेद्र,पालिका स्थित कृषि शाखाका प्रतिनिधि पदेनसदस्य रहने वैधानिक व्यवस्था रहेको थोक कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु प्रसाद घिमिरेले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

तरकारी बजार व्यवस्थापन समितिकाे निर्वाचनकाे लागि कृषि विभागले बरिस्ठ कृषि विज्ञ तिलकराज चौलागाई निर्वाचन अधिकृत र भवानी खतिवडालाई मतदान अधिकृत खटाएको थियो ।
कार्यक्रममा लालबन्दी नगरपालिका का प्रशासकीय अधिकृत गाेपाल श्रेष्ठकाे आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्की लगायतका वक्ताहरूले लालबन्दीमा लालबन्दीमा आवश्यकता औेल्याएका थिए।

निर्वाचन अधिकृत बरिस्ठ कृषि विज्ञ चौलागाईले सितभण्डकाे अभावमा यश क्षेत्रका किसानले तरकारीको समुचित मूल्य प्राप्त गर्न नसकेको बताउदै,सितभण्डर व्यवस्थापनकाे लागि विभागमा पहल गर्ने बताए ।उनलेे एम्बुलेन्सलाई जस्तै तरकारी बाेकेका गाडीलाई पनि सहज आवागमनकाे व्यवस्था मिलाउनु पर्ने बताए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थपलियाले जिल्लाकै ठुलो थाेक कृषि बजारलाई किसान र व्यवसायीकाे सुबिधालनई मध्यनजर गर्दै , थप व्यवस्थित बनाउन आफुले प्रयास गर्ने बताएका व्यवस्थापक घिमिरेले जानकारी दिए।









