सर्लाही, माघ-६,केही दिन देखि जिल्लाका विभिन्न पालिकामा चिसोबाट प्रभावित अति विपन्न गरीब , दलित परिवारलाई फाइबर सिरक वितरण गर्दै आएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आज पनि साे कार्यलाई निरन्तरता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्युटर अपरेटर मुकेश यादवका अनुसार  विपद् व्यवस्थापन समिति सर्लाहीले आज पनि जिल्लाकाे चन्द्रनगर गाउँपालिका ३ र ४ का ५५ अति विपन्न गरीब , दलित परिवारलाई एकरएक थान फाइबर सिरक वितरण गरेको हाे ।


जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा फाइबर सिरक वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
सिरक वितरण कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष गीतादेवी महतो, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख रामरिजन यादव, चन्द्रनगर ३ का वडाध्यक्ष सीताराम महतोलगायतकाे उपस्थिति रहेको थियो ।


यश अघि जिल्ला विपद् व्यवस्थापन समितिले शनिवार बलरा नगरपालिका र रामनगर गाउँपालिकाका १५२ परिवार, शुक्रवार पर्सा गाउँपालिकामा ६८ परिवार र बिहीवार विष्णु गाउँपालिकामा चिसो प्रभावित ६१ परिवारलाई राहतस्वरुप फाइबर सिरक वितरण गरेको थियो ।


जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अनुसार जिल्लाका अन्य पालिकामा पनि चिसोले प्रभावित  परिवारको पालिकासँग लगत माग्ने काम भइरहेकाे छ । लगत प्राप्त हुनासाथ फाइबर सिरक वितरण गरिने समितिले जनाएको छ।