सर्लाही,माघ-६, जिल्लाको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री नेपाली कांग्रेसकी नेत्री चन्दा चौधरीलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको छ।
बिकास केन्द्रित छलफल र भेटघाटमा रहेकी प्रतिनिधि सभा सदस्य चौधरीलाई चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत अन्य व्यक्ति र नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाले सम्मान गरेको हाे।
नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाका सभापति सरोज सिंहले पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा युवा तथा खेलकुद मन्त्री समेत रहेकी नेतृ चौधरीलाई कदरपत्रद्वारा सम्मान गरे ।
चन्द्रनगरको समग्र विकासमा योगदानको अपेक्षा गर्दै उनलाई कदर पत्र द्वारा सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।
नेतृ चाैधरी संग भेटघाटकाक्रममा शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासका विभिन्न पक्षमा विस्तृत छलफल भएको थियो। विशेषगरी, विद्यालय भवन निर्माण, स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सेवाको विस्तार, र अन्य आधारभूत विकास कार्यका विषयमा छलफल भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
पूर्व मन्त्री चौधरीले छलफलका क्रममा चन्द्रनगरको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सोनेलाल साह, वडा नं १ वडा अध्यक्ष रामेश्वर महतो, नेपाली कांग्रेसका नेता तेजनारायण चौधरी लगायत स्थानीय नेता, समाजसेवी तथा रेडक्रसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
गय साँझ प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री कांग्रेस नेतृ चाैधरीले लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीसंग पनि भेटघाट गरेकी थिइन् ।
मेयर निवासमा भएको भेटघाटका क्रममा उनलेे लालबन्दीकाे शिक्षा स्वास्थ तथा पुर्वाधार बिकासमा चासो व्यक्त गर्दै यहाँको समग्रमा बिकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री कांग्रेस नेतृ चाैधरीकाे सर्लाही क्षेत्र नम्बर -१ केन्द्रित भेटघाटलाई अर्थपूर्णरूमा लिइएको छ ।