लालबन्दी,माघ-५, नेपाली कांग्रेस लालबन्दी नगरपालिका वडा नम्बर -९, ले आजबाट औपचारिक रूपमा कृयाशील सदस्यता नवीकरण अभियान सुरु गरेको छ।
वडा सभापति नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संगठनलाई अझै सुदृढ बनाउन विभिन्न  निर्णय गरेको छ।
बैठकले  एक महिनाभित्र वडा भित्र सम्पूर्ण कृयाशील सदस्यताको नवीकरण कार्य सम्पन्न गर्ने,नयाँ कृयाशील सदस्यता आव्हान,घुम्ती बैठकको आयोजना गर्ने निर्णय गरेको छ ।


त्यस्तै बैठकले बृहत वडा स्तरमा एक बृहत भेला आयोजना गर्ने संगठनका भावी योजनाहरू तय गर्ने निर्णय गरेको नेपाली कांग्रेस लालबन्दी -९ ले जनाएको छ ।
बैठकमा वडा सभापति नारायण अधिकारीले अभियानले संगठनलाई बलियो बनाउनुका साथै पार्टीलाई स्थानीयस्तरमा अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। “घुम्ती बैठक र बृहत भेलाले कार्यकर्ताहरूमाझ एकता र सक्रियता ल्याउनेछ,” उनकाे विश्वास छ।


बैठकमा वडास्तरीय नेता कार्यकर्ता, र पार्टीका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नवीकरण अभियानलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


बैठकले संगठनात्मक सुदृढीकरणका लागि पारदर्शिता, सामूहिक सहभागिता, र नियमितता कायम राख्दै काम गर्नुपर्नेमा जोड दिएका युवा नेता मनाेज बख्रेलले चियाेचर्चाे खबरलाई जानकारी दिए। वडास्तरीय बैठक र भेलाहरूले पार्टीको दीर्घकालीन रणनीतिमा निर्माणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।