सर्लाही, माघ-५,जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जिल्लाकाे बलरा नगरपालिका र रामनगर गाउँपालिका का चिसोबाट प्रभावित अति विपन्न गरीब , दलित परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाका अनुसार बलरा नगरपालिका वडा नम्बर ६ र रामनगर गाउँपालिका वडा नम्बर- २ का अति विपन्न गरीब, दलित १ सय ५२ घर परिवारमा चिसोबाट जाेगाउने उद्देश्यले फाइबर सिरक वितरण गरिएको हाे।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा फाइबर सिरक वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
सिरक वितरण कार्यक्रममा बलरा नगरपालिका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक, अर्नाहा प्रहरी प्रहरी चौकीका इन्चार्ज, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति यश अघि पर्सा गाउँपालिका वडा नम्बर ३ र ५ का ६८ घर र विष्णु गाउँपालिका–१, का चिसो प्रभावित ६१ परिवारलाई राहतस्वरुप फाइबर सिरक वितरण गरेको थियो ।