सर्लाही,पुस-२५, राष्ट्रिय लाेकतान्त्रिक अपाङ्ग संघकाे दाेस्राे जिल्ला अधिवेशन सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
अपाङ्ग संघका केन्द्रीय सदस्य जय प्रकाश ठाकुरकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहकाे प्रमुख आतिथ्यतामा भएको दाेस्राे अधिवेशनले संघको १३ सदस्य नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नवगठित जिल्ला कार्यसमितिको अध्यक्षमा नन्द किशोर ठाकुर उपाध्यक्षमा कुमारी माया मगर,सचिवमा कृष्णचन्द्र महताे,काेषाध्यक्षमा संजय साह रहेका छन् ।
त्यस्तै सदस्यहरूमा सरिता कुमारी साह,पुनीता कुमारी सिंह र जीवन आचार्य,सुनिलकुमार सिंह ,शिवशंकर दनुवार,रेनु देवी ठाकुर,सलिदा खातुन,बिलट ठाकुर र लक्ष्मीनारायण साह रहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सरोज कुमार ,सचिव निरज कार्की, कांग्रेस नेता जय प्रकाश मल्लिककाे आतिथ्यता रहेको थियो ।