ईश्वरपुर नगरपालिका का नगरप्रमुख मनोज कुमार आचार्यले ब्लैंकेट वितरण गर्दै ।

सर्लाही,पुस–२३, जिल्लाको ईश्वरपुर नगरपालिकामा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
सेभ द चिल्ड्रेनको साझेदारी र ईश्वरपुर नगरपालिकाको समन्वयमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ईश्वरपुरमा १ हजार ४५ जना विपन्न नागरिकलाई ब्लैंकेट वितरण सुरु गरिएको हो ।


सोमवार वडा नं. १५ मा विशेष कार्यक्रमको आयोजना गरी नगरप्रमुख मनोज कुमार आचार्यले ब्लैंकेट वितरण सुरु गरेका थिए ।
यसअघि ईश्वरपुरका वडा नं. ४, ५, ९ र १० मा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भइसकेको ग्रामीण नारी उत्थान संघ हरिपुरका प्रतिनिधि सूर्य चालिसेले जानकारी दिए । उनका अनुसार, विपन्न समुदायका नागरिकहरूले कपडाको अभावमा चिसोको मार खेप्नु नपरोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो । हरिपुर र ईश्वरपुर नगरपालिका गरी १७ सय ५० विपन्न नागरिकहरुलाई ब्लैंकेट वितरण गरिने ग्रामीण नारी उत्थान संघले जनाएको छ ।


न्यानो कपडाले आफुहरुलाई ठुलो रहत मिलेको स्थानियले बताएका छन ।
त्यस्तै कार्यक्रमका सहभागीहरूले सेभ द चिल्ड्रेन र ग्रामीण नारी उत्थान संघ हरिपुरले गरेको योगदानको प्रशंसा समेत गरेका छन् ।
चिसोका कारण विशेष गरी तराई मेधका जिल्लाहरुमा वृद्धवृद्धा, बालबालिका र गरिब परिवारका सदस्यहरू बढी प्रभावित हुने हुने गरेका छन् ।


नगरपालिकाको तर्फबाट पनि आफुले सक्दो सहयोग गर्ने नगर प्रमुख आचार्यको बताएका छन् ।
यस प्रकारका सहयोगी कार्यक्रमहरूले विपन्न समुदायलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन सहयोग पु¥याउने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे।