राधेश्याम कुशवाहा /सर्लाही
पुस-१८, शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले साक्षरता घोषणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
स्थानीय तहमा सशर्त अनुदान वित्तिय हस्तान्तरण भएका बार्षिक कार्यक्रम अभिमुखीकरण र साक्षर पालिका घोषणा सम्बन्धी दुई दिने कार्यक्रम आज देखि मलंगवामा सुरु गरिएको हाे।
पूर्ण साक्षर घाेषणाका लागि पालिका प्रमुख संग प्रतिबद्धता गराउने उद्देश्य साथ दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हाे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका कौशलकिशोर सिंहकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोडैता, मलंगवा, बरहथवा, कविलासी, हरिपूर्वा, हरिपुर, इश्वरपुर, हरिवन, लालबन्दी नगरपालिका का प्रमुखहरुको उपस्थिति थियो ।
साक्षरता पालिका घोषणा गर्न प्रतिबद्धता गराउने उद्देश्यका साथ समन्वय तालिम बैठक राखिएको जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतोले जानकारी दिए ।
कार्यक्रममा ईश्वपुर, बहरथवा, बलरा, गोडैता नगरपालिका, ब्रम्हपुरी गाउँपालिकाले बैशाख महिना भित्र साक्षर पालिकाका घोषणा गर्ने प्रतिबद्धता जनाएको शिक्षा विकास तथा समन्जय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुमार कुशवाहाले जानकारी दिए ।
मधेश प्रदेशका आठ वटै जिल्ला र कर्णाली प्रदेशका ३ जिल्ला साक्षरत जिल्ला घोषणा हुन बाँकी रहेका छन् ।
प्रदेशका जिल्लाहरूकाे यस्तो स्थिति रहेपनि शिक्षा क्षेत्रमा पालिकाहरू गरेको लगानी सकारात्मक परिणामबाट ल्याउने खालको भयो भएन भन्ने विषयमा समिक्षा हुन सकेको छैन ।
जसको कारण शिक्षा क्षेत्र धारासायी बन्दै राजनीतिको चलखेलको केन्द्र बन्न थालेको छ । राजनीतिक दलहरु शिक्षा प्रति प्रतिबद्ध भएमा मात्रै यस्तो प्रवृत्तिको अन्त्यको गर्न सकिने विज्ञहरू बताउँछन् ।